
अभिनेता अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ हलमा व्यावसायिक सफलता पाइरहेको छ । यसैबीच अनमोलकी आमा सुस्मिताले पनि भारतबाट आएर आफ्नो छोराको फिल्म हेरेकी छन् ।
छोरा अनमोलको फिल्म ‘फर्की फर्की’ हेर्न सुस्मिता आफ्नी आमासहित भारतको सिलिगुडीबाट नेपाल आएकी थिइन् । मंगलबार उनीहरूले नवलपरासीको कावासोतीको हलमा फिल्म हेरे ।
उनले आफ्नो छोराको फिल्म हेर्न मात्रै नेपाल आएकी बताइन् । उनी आज फर्किंदै छिन् । पछिल्लो समय सिलीगुडीमा बस्दै आएकी सुस्मिता छोराको फिल्म हेरेर खुसी भइन ।