Todays Date: २०८१ मंसिर २८

‘दयारानी’ पछि ‘पेनसनपट्टा’ बनाउँदै माओत्से गुरुङ

Maotse Gurung

गत वर्षको माघमा प्रदर्शन भएको ‘दयारानी’बाट अभिनेता माओत्से गुरुङ मुलधारको फिल्म निर्देशनमा होमिएका थिए । यो फिल्म व्यावसायिक रुपमा सफल भएपछि उनी अब दोस्रो फिल्मको तयारीमा जुटेका छन् । ‘पेन्सनपट्टा’ शीर्षक तय गरिएको फिल्मलाई उनी स्वयंले निर्देशनसँगै निर्माण गर्नेछन् । लेखन पनि उनी स्वयंको हो । फिल्मको छायांकन दशैं अगाडि नै गर्ने उनको तयारी छ ।

फिल्मका लागि अहिलेसम्म कुनै कलाकार निश्चित भएका छैनन् । यद्यपि, केही कलाकारसँग कुराकानी भैरहेको निर्देशक गुरुङले बताए । केही दिनमा कलाकार छनोट गरिने उनको भनाई छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्मातामा माओत्सेसँगै डिबी गुरुङ पनि छन् । एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कथामा फिल्म केन्द्रित हुने जनाइएको छ ।

पछिल्लो समय चरित्र अभिनेताको रुपमा माओत्से पहिलो रोजाइमा परिरहेका छन् । ‘डिग्री माइला’, ‘पुरानो डुङ्गा’, ‘कबड्डी’ श्रृंखला, ‘मिस्टर झोले’, ‘साइँली’, ‘पानी फोटो’ जस्ता दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका उनले ‘दयारानी’भन्दा अगाडि केही गुरुङ भाषाका फिल्म निर्देशन गरेका थिए । उनलाई अभिनयमा बनाएको छविका कारण ‘पेन्सनपट्टा’लाई अब्बल बनाउनुपर्ने चुनौती छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top