Todays Date: २०८१ श्रावण १०
AB Filmy

राजनराज र सदिक्षाको स्वरमा ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक

Video 1

गायक राजनराज शिवाकोटी र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको संगीत छ ।

आफ्ना सिर्जनामा मौलिक संगीत जोड्न खप्पिस राजनराजले ‘खुर्सानीलाई बियाँ’मा पनि त्यही कार्यलाई निरन्तरता दिएका छन् । प्रसन्न पौडेल र प्रचण्ड पौडेल निर्देशित भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ । डान्सिङ नम्बरको गीतमा कलाकारहरु निकै खुलेका छन् ।

गीतको अडियो र भिडियो दुवै सशक्त छ । भिडियोमा ग्रामीण सौन्दर्य र आधुनिक मानसिकताका फ्युजन गरिएको छ ।

प्रकाश हमाल निर्माता रहेको भिडियोमा युमी बलामीका कोरियोग्राफी, राजुजङ्ग बस्नेतको सम्पादन, कुनालको कलर ग्रेडिङ र निशान पौडेलको छायांकन छ । गीतको भडियो भेल्भेट भाइब्स इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण गरिएको हो ।

गायक तथा संगीतकार राजनराजको ‘सुर्के थैली खै’, ‘कुटुमा कुटु’, ‘फुलबुट्टे सारी’, ‘चेप्टे चेप्टे पेरुङ्गो’, ‘चरीले काफल टिप्यो’लगायतका गीत सर्वाधिक रुचाइएका गीतमा पर्छन् ।

त्यस्तै सदिक्षाका गीत ‘माया रैछ र त भर रैछ नि’, ‘राजा रानी’, ‘चोरी चोरी’, ‘फर्की फर्की’ जस्ता हिट गीतमा पर्छन् । सदिक्षा ‘नेपाल आईडल सिजन २’ बाट उदाएकी गायिका हुन् । ‘नेपाल आईडल सिजन २’ बाट राम्री गायिकाको ट्याग पाएकी गायिका सदिक्षा नेपाली सांगीतिक क्षेत्रमा ठुलो सम्भावना बोकेकी भर्सटाइल गायिका हुन् । जसको गायन क्षमता अग्रज संगीतकर्मीको नजरमा पर्न सफल छ । जसकारण थोरै गीतहरु गाएकी उनका राम्रा संगीतप्रेमी फ्यानहरु रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top