Todays Date: २०८१ माघ ७

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम

binjuri

मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिन्जुरी’ बोलको प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेम दर्शाइएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर छ । गीत कर्णप्रिय सुनिन्छ ।

अनिल बुढामगरको निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित शिशिर बाङ्देल, भोलाराज सापकोटा, बुद्धि तामाङ, पुष्कर गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतले अभिनय गरेका छन् । यो फिल्म यही असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top