Todays Date: २०८१ चैत्र १५

पुनः सहकार्य गर्दै रेखा थापा र पूजा शर्मा

rekha pooja

फिल्म ‘उपहार’मा एकसाथ काम गरेका नायिकाद्धय रेखा थापा र पूजा शर्माले नयाँ फिल्ममा फेरि सहकार्य गर्ने भएका छन् ।

नायिका पूजा शर्माले आज ‘काली २’ निर्माणको घोषणा गरेकी हुन् । फिल्म ‘दान्भी’का लागि अष्टनारायण हल पुगेकी नायिका पूजाले रेखा थापासँग मिलेर ‘काली २’ बनाउन लागेको घोषणा गरेकी हुन् ।

पूजाले भनिन्–‘रेखा दिदी र मेरो आज बिहान यो बिषयमा फाइनल कुरा भएको हो । अब, हामी ‘काली २’ बनाउने तयारीमा छौं । दर्शकले अब केही समय प्रतीक्षा गर्नुपर्नेछ ।’

पूजाले आफूलाई रेखा थापाले हिम्मत दिएको समेत तर्क गरिन् । रेखा थापाको मुख्य भूमिका रहेको फिल्म ‘काली’ सुपरहिट भएको थियो ।

एक्सन प्रधान यो फिल्म भित्र रेखाको एक्सन अवतारलाई दर्शकले निकै रुचाएका थिए ।

नायिका पूजा शर्माले पनि फिल्म ‘दान्भी’मा दमदार एक्सन गरेकी छिन् । अब, यी दुई एक्सन नायिकाहरू ‘काली २’ मार्फत दर्शकमाझ आउने तयारीमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top