Todays Date: २०८१ श्रावण १०
AB Filmy

करन परियार बने नेपाल आइडल सिजन ५ को विजेता

idol

चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को विजेता करण परियार बनेका छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाका परियाले उपाधि जितेका हुन् ।

दर्शकको भोटको आधारमा विजेता चुनिएका करणले पुरस्कार स्वरुप नगद २५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गरे ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटा निर्णायकको रुपमा थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top