Todays Date: २०८१ श्रावण १०
AB Filmy

‘खुस्मा’का दुई पोस्टर रिलिज,  प्रेममा रमाएका धिरज र उपासना

khusma

आगामी असोज ३ गते रिलिज हुने फिल्म ‘खुस्मा’ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ । अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्मको दुईमध्ये एक पोस्टरमा फिल्मका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ ।

पोस्टरमा धिरजले उपसनालाई अँगालोमा बाँधेको देख्न सकिन्छ । यस्तै अर्को पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ । उपासनालाई चिन्तित मुद्रामा देख्न सकिन्छ । पोस्टरमा उनले खस्टो ओडेकी छन् ।

मगर समुदायको पृष्ठभूमिमा फिल्मले प्रेमकथा पेस गर्ने निर्देशक थापामगरको भनाइ छ । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरे पनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्गबहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेतान मगर तथा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ । फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top