Todays Date: २०८१ श्रावण १०
AB Filmy

किन पोष्टपोण्ड भयो ‘आँखा’ ?

aankha movie

असारको १४ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘आँखा’ अब तोकिएको समयमा रिलिज नहुने भएको छ ।

प्राविधिक कारण देखाउँदै निर्माण टिमले असार १४ गतेबाट फिल्मलाई पोस्टपोन्ड गरेको हो । यसैसाता फिल्मको नयाँ प्रदर्शन मिति तय गरिने निर्देशक जौन योञ्जनले जानकारी दिएका छन् ।

लामा सिनेमा प्रालिको ब्यानरमा तयार भएको यो फिल्मले सामाजिक कथा भन्छ । निर्देशक योञ्जनकै कथा तथा पटकथा रहेको यो फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, वुद्दि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य भूमिकामा छन् ।

फिल्ममा प्रसन राई बाल कलाकारको रुपमा देखिदैछन् । निर्देशक योञ्जनकै लगानीमा तयार भएको फिल्ममा कृष्ण भण्डारीको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा दीपक आरजेको संगीत, रेवन्तविक्रम थापाको एक्सन छ । फिल्ममा ध्वनी मुद्रण किशोर आचार्यको रहँदा पार्श्व संगीत गंगा थापाको छ ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top