Todays Date: २०८१ फाल्गुन १

‘घरज्वाइँ’ ट्रेलरमा मिरुनालाई पाउन दयाहाङको संघर्ष

Dayahang Rai and Miruna Magar

असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको सार्वजनिक ट्रेलर एक युवाले बिहेको लागि गर्ने संघर्षको वरिपरि फिल्मको कथा घुमेको देखिन्छ । फिल्मको ट्रेलरले ‘घरज्वाइँ’को कथासार बुझाउन सफल छ । सार्वजनिक ट्रेलरले दर्शकलाई फिल्मप्रति कौतुहल्ता जगाउन सफल हुने विश्वास निर्देशक अनिल बुढामगरको छ ।

मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारीत फिल्मलाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बताए ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गरेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top