Todays Date: २०८३ जेष्ठ १२

अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्कायो

rajesh

दुबई जान लागेका गायक राजेशपायल राईलाई अत्याधिक मदिरा सेवन गरेका कारण घर फर्काइएको छ । दुबईमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि उनी विमानस्थल पुगेका थिए ।

राईमाथि अत्याधिक मदिरा सेबन गरेर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप लागेको छ । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राइलाई ट्याक्सीमा राखेर प्रहरीले घर फर्काएको हो ।

बोर्डिङ पास लिएर राई विमानभित्र पनि प्रवेश गरिसकेका थिए । उनी, पहिले नै रक्सीले अत्याधिक मातेको प्रहरीले बताएको छ । उनले विमानभित्रै होहल्ला गर्न थालेका थिए । साथै, उनले एयरलाइन्सका कर्मचारीसँग पनि लफडा गर्न थालेका थिए । राइलाई प्रहरीले घर फर्काएको छ भने विमान अन्य यात्रु लिएर उडिसकेको छ ।

प्रहरीले मदिराको नशा सकिएपछि उनी दुबई उड्न सक्ने बताएको छ । राईले सुरुवातमा घर फर्किन नमानेपनि पछि उनलाई प्रहरीले ट्याक्सीमा राखेर फर्काएको थियो ।

उनी, बिहिबार बिहान १० बजे दुबई जानका लागि विमानमा चढेका थिए । राई मदिराका कारण बारम्बार विवादमा आउने गरेका छन् । यसअघि पनि उनलाई मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै प्रहरीले अनामनगरबाट पक्राउ गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x