Todays Date: २०८१ चैत्र १५

‘बेहुली फ्रम मेघौली’को ‘बिहे गर्ने कि नगर्ने ?’मा दीपा, प्रदीपदेखि साम्राज्ञीसम्म

beuli from megauli

फिल्म ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्मको थिम गीतको रुपमा सार्वजनिक गरिएको ‘बिहे गर्ने कि नगर्ने’ गीत रोचक छ ।

विशेषगरि, अविवाहितहरुलाई समाजले गर्ने प्रश्नलाई यो गीतमा समेटिएको छ ।

रोहित शाक्यको संगीत रहेको यो गीतमा कुशल पोखरेलको शब्द र प्रस्तुति छ । यो गीतको भिडियोमा नेपाली फिल्म क्षेत्रमा नाम चलेका कलाकारहरूले अभिनय गरेका छन् ।

भिडियोमा फिल्मका मुख्य कलाकारद्वय नायिका स्वस्तिमा खड्का र नायक निश्चल बस्नेतले अभिनय गरेका छन् । साथमा, भिडियोमा निर्देशक दीपाश्री निरौला, नायकत्रय प्रदीप खड्का, धिरज मगर, नाजिर हुसेन, नायिकात्रय साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल र शिल्पा मास्केले अभिनय गरेका छन् ।

यो गीतले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ । यसैबिच, फिल्मको प्रदर्शन मिति समेत तय गरिएको छ । अब, यो फिल्म असोजको १७ गते घटस्थापनाको दिनबाट रिलिज हुने पक्का भएको छ ।

यो भिडियोलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । स्वस्तिमा खड्काको कन्सेप्ट रहेको यो भिडियोमा अंकित खान ठकुरीको सम्पादन, केशव पाण्डे र लक्ष्मण पाण्डेको छायांकन छ ।

यो फिल्मलाई साजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन् । स्वस्तिमा खड्का र निश्चल बस्नेतको लगानी रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी, प्रदीप लामा र केविका खत्रीको कोरियोग्राफी, जय जे वाइवा र कुशल पोखरेलको संगीत छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top