Todays Date: २०८१ श्रावण १०
AB Filmy

१० वर्षपछि अभिनयमा फर्किइन् अरुणिमा

arunima

९ महिना अगाडि मोडल विमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’को घोषणा गरे । उनले नै निर्देशन गर्ने भनिएको यो फिल्मलाई जनवरीबाट छायांकनमा लैजाने तयारी उनको थियो । तर, यो फिल्मको छायांकन अहिलेसम्म सुरु हुन सकेको छैन । फिल्ममा नायिकाद्धय केकी अधिकारी र रीमा विश्वकर्माले काम गर्ने पक्का भएको थियो ।

तर, यो फिल्म घोषणापछि अड्किएको छ । फिल्मको छायांकन निर्धारित मितिमै सुरु गरेको भए अहिलेसम्म रिलिज गर्ने तयारीमा विमलेश लागेका हुन्थे । तर, उनले यो फिल्मको काम नै सुरु गर्न सकेनन् ।

अब, उनी वेब सिरिजको छायांकनमा व्यस्त छन् । नायिका अरुणिमा लम्साललाई मुख्य भूमिकामा अभिनय गराउँदै उनले ‘घर बट इन अमेरिका’ नाममा वेब सिरिज निर्देशन गरिरहेका छन् । १० बर्षपछि अरुणिमा यो सिरिजबाट दर्शकमाझ आउँदैछिन् ।

सिरिजमा अरुणीमाको साथमा विमलेशको पनि मुख्य भूमिका छ । अमेरिकामा नै छायांकन भइरहेको यो सिरिजमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले पनि अभिनय गरिरहेका छन् ।

विवेक चम्लागाइले लेखेको यो सिरिजले गोप्य रुपमा लिभ इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो पटक अमेरिका भ्रमणमा पुगेका आमाबाबुको कथा भन्नेछ ।

सेभेन कलर्स डिजिटलले निर्माण गरिरहेको यो सिरिजमा पशुपति बस्यालको छायांकन छ । यो सिरिजर्लाइ कुन ओटीटीबाट रिलिज गर्ने भन्ने बिषयमा केही पनि पक्का नभएको विमलेशले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top