
राम कार्कीको स्वरमा रहेको आधुनिक गीत ‘काँचको मुटु’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा सरोजराज अधिकारीको शब्द रचना, गायक कार्कीकै संगीत र संगीत संयोजन रहेको छ ।
बजारमा आईरहेका व्यावसायीक गीतहरुको तुलनामा निकै नै गहकिलो गीतको रुपमा काचको मुटु रहेको छ । यसलाई आखाले हेर्ने भन्दा मन मष्तिस्कले रुचाउने खालको रहेको छ ।
सुरेश थापाको निर्देशन रहेको गीतको भिडियोमा ज्योति खड्का र रामकै अभिनय छ । गीतको भिडियोमा प्रवेश पोखरेलको छायांकन छ ।
लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक रहेका गायक संगीतकार कार्की ‘काँचको मुटु’बाट आत्मसन्तुष्टि मिलेको बताउँछन् । ‘मलाई यस्तै कालजयी गीत संगीतमा रम्न मन छ,’ उनले भने।
चलनचल्तीका गीत संगीतमा पनि उत्तिकै सीपालु राम एउटा सर्जक भएपछि सबै किसिमका कामहरू गर्नुपर्छ तर यस्ता गीत संगीतमा जोडिन पाउँदा बेग्दै किसिमको आनन्द मिल्ने उनी बताउछन् ।