‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सम्पन्न

purna badhaur ko sarangi

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सम्पूर्ण छायांकन सकिएको छ । फिल्मको छायांकन दई चरणमा गरेर ४० दिन लगाएर पुरा गरको हो ।

गत जेठ २४ गतेबाट छायाकंन सुरु गरिएको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सम्पन्न गरिएको थियो भने काठमाडौं उपत्यकामा चार दिनको दृश्य खिचेर दोस्रो चरणको छायांकन सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए।

कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण गरिएको हो ।

यस फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बास्तोला र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ भने बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसी रहेका छन् ।

छायांकन सकिएसँगै निर्माता पौडेलले आउँदो दशैंमै रिलिज गर्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतमा कुनै कुराको कमी नगरी समयमा छायांकन सम्पन्न गर्न पाइयो, अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’

यता, फिल्मका मुख्य कलाकार रहेकासपूतले एउटा कलाकारका रूपमा धेरै राम्रो अनुभव र सिकाइ सहित यो फिल्मको छायांकन सकिएको बताएका छन्।

अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको सोसल(ड्रामा जनरा रहेको फिल्मका निर्देशन सरोज पौडेल हुन् । उनी स्वयमको कथा फिल्ममा रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहने बताइएको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x