Todays Date: २०८२ जेष्ठ १०

‘ईश्वर’लाई हलमा टिक्न मुस्किल भएसँगै कस्तो रह्यो त अनु शाहको कमब्याक ?

anu

शुक्रबार रिलिज भएको नेपाली फिल्म ‘ईश्वर’ बक्स अफिसमा कमजोर देखिएको छ।

यसै फिल्मकी मुख्य पात्र रहेकी नायिका अनु शाहले आफूलाई फिल्मको अफर आएपनि अपेक्षा गरे अनुसारको स्क्रिप्ट नआउँदा काम नगरेको बताएकी थिइन् । फिल्म ‘पसिना’मा काम गरेपछि केही बर्ष अनुको फिल्म नै आएन ।

राजु गिरी निर्देशित यो फिल्मको व्यापार निकै कमजोर छ । फिल्मले शुक्रबार र शनिबार पनि हलमा दर्शकको साथ पाउन सकेन । यसैले, अधिकांश मल्टिप्लेक्सबाट फिल्मलाई आइतबार नै हटाइएको छ ।

फिल्मले अधिकांश मल्टिप्लेक्समा १–१ शोज मात्र पाएको थियो । सोही एक शोमा पनि दर्शक नआएपछि फिल्मलाई अधिकांश हलबाट उतारिएको छ ।

यसरीहेर्दा, नायिका अनु शाहको कमब्याक निकै नै कमजोर बनेको देखिन्छ । अनुको हातमा अब अर्को फिल्म छैन । यो फिल्मले पनि व्यापारिक रुपमा निर्मातालाई ठूलो घाटा दिएपछि अनुलाई आगामी यात्राका लागि गाह्रो पर्ने देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x