Todays Date: २०८२ बैशाख १३

‘बिस्ताराले पोल्यो’ गीतले शान्तिश्रीलाई नै पोल्यो, आलोचनापछि मागिन् माफी

santishree

गायिका शान्ति श्री परियारले माफी मागेकी छिन् । हालै मात्र उनले स्वर भरेको ‘बिस्ताराले पोल्यो’ बोलको तीजको गीत सार्वजनिक भएको थियो ।

सार्वजनिक भएसँगै यो गीतको चर्को आलोचना भइरहेको छ । यो गीतमा समावेश गरिएको शब्द, यसको भिडियोको चर्को आलोचना भएको हो ।

शान्ति श्री जस्ती नाम चलेकी गायिकाले समेत यस्तो गीत गाएको भन्दै उनको पनि चर्को आलोचना भइरहेको छ ।

सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछि शान्ति श्रीले माफी मागेकी हुन् ।

उनले लेखेकी छिन्–‘बिस्ताराले पोल्यो’ बोलको गीतको भिडियोको केही दृष्यांशहरुको कारण दर्शक, श्रोताको धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरुप्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमा प्रार्थी छु ।’

उनले, आगामी दिनमा शब्द, संगीत छनौट गरि गाउने बाचा समेत गरेकी छिन् । उनले, दर्शक तथा श्रोताले आफूप्रति देखाएको सदासयता र मायाका लागि पनि धन्यवाद दिएकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top