Todays Date: २०८३ बैशाख १०

‘कल्ली’मा भित्रिए सौगात, पल आउट भएका हुन् ?

saugat malla

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्।

यस फिल्ममा सौगात मल्लको भूमिका कस्तो रहनेछ भन्ने बारेमा निर्माण पक्षले हालसम्म केही जानकारी सार्वजनिक गरेको छैन।  सौगातले यसअघि किरणका तीनवटा फिल्म ‘पोइ पर्‍यो काले’, ‘दुई नम्बरी’ र ‘हात्तीछाप’मा काम गरिसकेका छन् ।

फिल्ममा सौगातको आगमन भएपछि धेरैले अभिनेता पल शाह बाहिरिएको हुनसक्ने आँकलन गरिरहेका छन् । तर, निर्माता नेपालीले यसमा कुनै सत्यता नभएको दाबी गरे । फिल्ममा चारजना अभिनेता रहने र त्यसमध्ये एउटामा सौगातलाई निश्चित गरेको उनले बताएका छन् ।

निर्माता किरण नेपालीको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्दैछन्। लक्ष्मणले यसअघि निर्देशन गरेको फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ। ‘कल्ली’ को पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् भने फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।

फिल्मको रिलिज मिति नयाँ वर्ष २०८२ को छेको पारेर चैत्र २९ गतेका लागि तय गरिएको छ। फिल्मको पोस्टर डिजाइन राकेश दाहालले तयार पारेका छन्।

निर्देशक सुनारका अनुसार फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानहरूमा गरिनेछ, जसको तयारी भइरहेको छ। छायांकनको काम तिहारपछि सुरु हुने बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x