‘छक्का पञ्जा–५’को गीतमा प्रेम, धोका र श्राप

Deepak Raj Giree Deepa Shree Niroula Kedar Prasad Ghimire Barsha Siwakoti

दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द छ ।

गीतमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा शिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डितलगायत फिचर्ड छन् ।

गीतले मायामा ब्रेकअप भएपछि प्रेमी र प्रेमिकाले एकअर्कालाई लगाउने आरोप प्रत्यारोपलाई कमेडी शैलीमा प्रस्तुत गरेको छ । दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरीलगायतको अभिनय छ ।

फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन, दीपकराज, केदार घिमिरे र दिलीप तामाङको पटकथा कथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व र विपिन मल्लको सम्पादन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x