News

‘खलनायक २’को तयारीमा जुटे रोज, चन्द्र पन्तले गर्नेछन् निर्देशन

rose rana and chandra panta
rose rana and chandra panta

निर्माता रोज राणाले नयाँ फिल्म ‘खलनायक २’ बनाउने तयारी थालेका छन् । उनले, फिल्मको निर्देशनमा चन्द्र पन्तलाई अनुबन्धित गरेका छन् । फिल्मको गीत दयाराम पाण्डेले लेख्नेछन् भने मौनता श्रेष्ठले फिल्मको कथा लेखिरहेका छन् ।

फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार, माघबाट फिल्मको छायांकन गर्ने तयारी छ । फिल्ममा नयाँ र पुराना पुस्ताका कलाकारहरूलाई लिने तयारी गरिएको छ ।

फिल्म ‘खलनायक’मा राजेश हमाल, बिराज भट्ट, निखिल उप्रेती, झरना थापा लगायतका कलाकारहरूको अभिनय थियो । यस पटक, ‘खलनायक २’मा पनि नाम चलेका कलाकारहरूलाई लिएर काम गर्ने तयारी निर्माताको छ ।

रोज राणा नेपाली फिल्मका सर्वाधिक नाम चलेका निर्माता हुन् । कुनै समय उनको नाममा नै फिल्म चल्ने गर्थ्यो । तर, राजनीतिमा लागेपछि उनी फिल्मबाट टाढा जस्तो देखिएका थिए । अब, उनले फिल्म निर्माणमा फेरि आफूलाई अगाडि ल्याएका छन् ।

निर्देशक पन्तको भने फिल्म ‘ह्रस्व दीर्घ’ हालसालै रिलिज भएको थियो । यो फिल्म बक्स अफिसमा हिट भयो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments