Todays Date: २०८१ माघ ७

नेपाली फिल्म क्षेत्र ‘किराना पसल’ शैलीमा चलेको छः प्रदीप खड्का

Pradeep Khadka KIFF Press Meet 2

नायक प्रदीप खड्काले नेपाली चलचित्र क्षेत्र किराना पसल शैलीमा चलेको बताएका छन् । ‘कर्णाली अन्तर्राष्ट्रिय महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आलोपालो शैलीमा किराना पसल जस्तैगरी नेपाली चलचित्र क्षेत्र चलेको उनले बताएका हुन् ।

‘जुन दिन चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ, किराना व्यापारजस्तो । १० बजेसम्म बुबा पसलमा बस्ने, आमा पूजापाठ गर्ने,’ उनले भने, ‘१० बजेपछि बुबा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चाबच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने । यसरी किराना पसल स्टाइलमा नेपाली चलचित्र क्षेत्र चलेको छ ।’

परिवारबाट निर्माता र नायकनायिका बन्ने गरेको प्रदीपले बताए । ‘आमा निर्देशक, बुबा निर्माता, छोराछोरी नायक–नायिका,’ उनले भने, ‘चलचित्र क्षेत्रमा कर्पोरेट व्यापार भयो भने लगानी गर्नेले पनि फाइदा र घाटा हेरेर लगानी गर्छ । फाइदा छ भने गर्छ, नत्र गर्दैन ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top