Todays Date: २०८१ माघ ७

प्रकाश र परीक्षाको मुख्य भूमिका रहने ‘सोल्टिनी’ निर्माण घोषणा

prakash parikshya

कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुलाई मुख्य भूमिकामा राखेर फिल्म ‘सोल्टिनी’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मलाई ‘रंगेली’ डेब्यू निर्देशक अर्जुन सुवेदीले निर्देशन गर्ने पक्का भएको छ ।

यो फिल्ममा प्रकाशले ‘भीमसेन पोखरेल’को पात्र निर्वाह गर्नेछन् । यस्तै, फिल्ममा कलाकार लिम्बुले ‘दिलासा राई’को पात्रको भूमिका निर्वाह गर्नेछिन् ।

फिल्मको परिचयात्मक भिडियो पनि सार्वजनिक गरिएको छ । जसमा, दुई पात्रको मनोभावलाई कथा वाचक साइग्रेस पोखरेलले व्यक्त गरेका छन् । फिल्ममा यी दुई एक हुन नसक्ने भावलाई चित्रित गरिएको प्रष्ट हुन्छ । फिल्मलाई भोजपुरको कुनै एक गाउँमा खिच्ने तयारी निर्माणपक्षको छ ।

प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन पुसको १५ गतेबाट हुनेछ । फिल्मको हाल वर्कशप चलिरहेको बताइएको छ । यो फिल्मलाई आउँदो बर्षको असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज गर्ने घोषणा समेत गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top