Todays Date: २०८१ माघ ७

‘कार्साङ’को टिजरको प्रतिक्रियाले निर्देशकमा थपेको उत्साह

Dayahang Rai Srijana Ningleku Jitu Nepal Deeya Maskey

फिल्म ‘कार्साङ’को टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ । फिल्मको विषय, संकृतिको उठान र टिजरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवहारलाई दर्शकले मन पराइरहेको निर्देशक यश शेर्पा बताउँछन् ।

‘विशेषगरी हामीले जुन समुदायको संस्कृति देखाएका छौँ । त्यसलाई दर्शकले मन पराइरहनु भएको छ । कमै मात्रै फिल्ममा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ,’ निर्देशक शेर्पाले भने, ‘आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रुपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेको छ ।’

सामाजिक सञ्जाल र शुभेच्छुकबाट आएको प्रतिक्रियाले पोष्ट प्रोडक्सनमा रहेको फिल्ममा मेहनत गर्ने हौसला मिलेको उनले बताए । कलाकारको क्यारेक्टर लुक्स र अभिनयको पनि तारिफ गरेको शेर्पाले बताए ।

केही दिनअघि सार्वजनिक टिजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको कल्चर देख्न सकिन्छ । जसमा धामी बस्ने दयाहाङ राई र उनको गरिबीदेखि जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनावसम्म समेटिएको छ ।

साथै, ऋण, सापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top