Todays Date: २०८३ जेष्ठ २७

‘श्री बुकुरो’को फस्टलुक रिलिज

Shree Bukuro

फिल्म ‘श्री बुकुरो’को फस्टलुक रिलिज गरिएको छ ।

पारिवारिक कथामा निर्माण भएको यो फिल्ममा लक्ष्मी गिरी, आर्शीवाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज न्यौपाने, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय संग्रौला, रामबाबु रेग्मी, मोहन निरौला, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतका कलाकारहरुको अभिनय छ । फिल्म ‘नाई नभन्नु ल ६’बाट डेब्यू गरेका आर्शिवादको यो दोस्रो फिल्म हो ।

सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो फिल्ममा रुवी सेन सिंहको लगानी छ । फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, रञ्जित गजमेर र बसन्त सापकोटाको संगीत छ । यो फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो ।

हाल यो फिल्मको धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको र केही दिनमै टिजर सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x