नायिका वर्षा सिवाकोटीले ‘माग्ने राजा’ साइन गरिन्

Barsha Siwakoti

नायिका वर्षा सिवाकोटीले नयाँ फिल्म ‘माग्ने राजा’ साइन गरेकी छिन्। आगामी फागुन १ गतेबाट छायांकन सुरु हुने यो फिल्ममा कलाकार केदार घिमिरे ९माग्ने बुढा० मुख्य भूमिकामा रहने पक्का भइसकेको छ। यससँगै, वर्षा र केदार पहिलो पटक सँगै पर्दामा देखिने भएका छन्।

फिल्म मुनाल घिमिरेको निर्माणमा तयार हुँदैछ भने सामिप्यराज तिमिल्सिनाले कथा लेखेका छन्।

यसअघि, वर्षाले सुपरहिट फिल्म ‘छक्का पञ्जा ५’ मा पनि केदार घिमिरेसँग काम गरेकी थिइन्। तर, उक्त फिल्ममा वर्षा दीपकराज गिरीको जोडीको रुपमा देखिएकी थिइन्। फिल्ममा दीपक ‘राजा’को भूमिकामा थिए भने वर्षा ‘महारानी’को रुपमा प्रस्तुत थिइन्।

अब, ‘राजा’सँगको अनुभवपछि वर्षाले ‘माग्ने राजा’सँग सहकार्य गर्ने पक्का भएको हो। फिल्ममा वर्षाको भूमिकाबारे भने अहिले कुनै जानकारी बाहिर आएको छैन।

८८‘माग्ने राजा’८८को कथावस्तु र अन्य कलाकारबारे थप विवरण केही दिनभित्र सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x