Todays Date: २०८१ फाल्गुन १

चलचित्र ‘दशमी’ निर्माणको घोषणा, फूलपातीमा रिलिज

DSC00051

यसपालिको फूलपातीमा रिलिज भएको ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले अब ‘दशमी’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । शनिबार भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति पनि तय गरिएको छ । योसँगै दशैंमा रिलिज हुने फिल्मको संख्या आधा दर्जन नाघेको छ ।

रेड आई फिल्म्स तथा रोमन फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको ‘दशमी’मा राजकुमार पण्डित प्रस्तुतकर्ताको रुपमा छन् । उनले यसअघि ‘ज्वाइँ साब’को पनि निर्माण गरेका थिए । राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य निर्माता रहेको फिल्ममा दीलिप रानाभाटको लेखन छ ।

पोस्टर डिजाइनरको रुपमा सक्रिय टौवा क्रिएसनका विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन म्यानेजरमा दीलिप पन्त छन् । ‘दशमी’को कथावस्तु र कलाकारको बारेमा भने जानकारी गराइएको छैन । शीर्षकले फिल्मको कथा दशैंको परिवेशमा केन्द्रित रहने संकेत गर्छ । फिल्मको छायांकन आगामी फागुन दोस्रो हप्तादेखि सुरु गरिने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top