Todays Date: २०८१ चैत्र १५

प्रकाश सपुतले अर्को बर्षसम्म नयाँ फिल्म साइन नगर्ने

prakash

गायक तथा नायक प्रकाश सपुतले वि.सं २०८२ सम्म अब नयाँ फिल्म साइन नगर्ने बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले अर्को बर्ष अघि आफूले साइन गरेको अन्तिम फिल्म नै ‘माइतीघर’ हुने बताएका छन् । प्रकाश अब फिल्म ‘सोल्टिनी’को छायांकनको तयारीमा छन् ।

यसपछि उनले फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन सक्नेछन् । चैत्र २३ गतेबाट उनले नै निर्देशन गरेको फिल्म ‘बसन्त’ रिलिज हुँदैछ । उनी, फिल्मको रिलिजमा पनि व्यस्त हुनुपर्नेछ ।

यसपछि उनले फिल्म ‘माइतीघर’को छायांकन सुरु गर्दैछन्, जसको रिलिज आउँदो बर्षको दशैंको फूलपातिबाट गर्ने उल्लेख गरेका छन् ।

प्रकाशले ‘माइतीघर’को कथा रोचक रहेको बताउँदै पुरानो ‘माइतीघर’को इज्जत धान्ने विश्वास समेत व्यक्त गरेका छन् । यो फिल्मलाई लिएर आफू उत्साहित रहेको सपुतको भनाई छ ।

प्रकाशले यी सबै फिल्म रिलिज भएपछि आफू संगीतमा फर्किने पनि बताएका छन् ।

गायक सपुतको चर्चा र माग फिल्म क्षेत्रमा ह्वात्तै बढेको छ । लगातार दुई वटा फिल्म चलेपछि उनको माग चुलिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top