Todays Date: २०८३ जेष्ठ ११

काठमाडौंमा नयाँ वर्षको पूर्वसन्ध्यामा ‘चिल म्युजिक फेस्ट’, तीन व्याण्ड गुञ्जिने

Chill Music Fest

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर त्यसको पूर्व सन्ध्यामा यही डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन व्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)को प्रस्तुतीमा भइरहेको ‘चिल म्युजिक फेस्ट’ अन्तर्गत यी तीन व्याण्ड गुञ्जिन लागेका हुन् ।

पीभीई नेटवर्कका अनुसार गैरीधारामा व्याण्डहरुले साँझ ७ बजेदेखि सांगीतिक प्रस्तुती दिनेछन् । ‘कार्यक्रममा व्याण्डहरुको सांगीतिक विविधता, परिकार र जलपानसँगै नयाँ वर्षको विशेष उत्सव हुनेछ’, पीभीई नेटवर्कले भनेको छ ।

यी तीन व्याण्डले ‘चिल म्युजिक फेस्ट’ अन्तर्गत झापा र बुटवलको तिलोतमामा कन्सर्ट गरिसकेका छन् । झापा कन्सर्टका इभेन्ट संयोजक सोनु पुडासैनी र बुटवल संयोजक अशोक थापाले दुवै स्थानमा उल्लेखनीय दर्शकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताए । ‘हामीले झापा र बुटवलको तिलोतमामा क्रिसमस इभको अवसर पारेर उल्लेख्य मात्रामा संगीत पारखीमाझ कार्यक्रम गर्न सफल भयौं’, थापाले भने ।

कार्यक्रमका काठमाडौं संयोजक रोहित श्रेष्ठले खल्ती एपमार्फत कार्यक्रमका लागि टिकट बुकिङ भइरहेको बताए । ‘यो दिन काठमाडौंमा अन्य ठूलो कार्यक्रम नभएकाले नयाँ वर्षको इभलाई हामी विशेष महत्व दिएर कार्यक्रम गर्दैछौं’, रोहितले भने । उनले आकर्षक स्टेज सजावटसँगै नयाँ वर्षलाई स्वागत गर्न विशेष तयारी भइरहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x