Todays Date: २०८३ बैशाख ९

सम्वन्धविच्छेदको मुद्दा टुंगिएपछि शिल्पा ओशोको शरणमा, बनिन् ‘माँ प्रेम हाँस्या’

silpa oso

नायिका शिल्पा पोखरेल ‘माँ प्रेम हाँस्या’ बनेकी छिन् । ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नव सन्यास दिक्षण ग्रहण गरी शिल्पा ‘माँ प्रेम हाँस्या’ बनेकी हुन् ।

कलाकार सोविता सिंखडाले सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै शिल्पालाई शुभकामना दिएकी छिन् । सोविता लेख्छिन्–‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस्, शुभकामना ।’

शिल्पा केही वर्षदेखि फिल्मबाट टाढा छिन् । विशेषगरि, निर्माता छविराज ओझासँग बैबाहिक जीवनमा समस्या आएपछि उनी फिल्मबाट टाढा देखिएकी हुन् । उनले, म्युजिक भिडियोमा काम गरेपनि फिल्ममा काम गरेकी छैनन् । अहिले छवि र शिल्पाबिच डिभोर्स भइसकेको छ । शिल्पाले फिल्म ‘लज्जा’बाट करिअर सुरुवात गरेकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x