अत्याधिक ‘हिंसात्मक दृश्य’ भएको भन्दै ‘ताण्डवम्’को भएन सेन्सर पास

tandavm

यही शुक्रबार (फागु्न ९ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डवम्’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । फिल्ममा समावेश हिंसाका दृश्यप्रति आपत्ति जनाउँदै सेन्सर बोर्डले फिल्म रोकेको हो । फिल्मका केही हिंसात्मक दृश्यहरु हटाएर ल्याउन बोर्डले निर्देशन दिएको छ । मंगलबार बेलुका फिल्मको जाँच गरिएको थियो ।

सेन्सर बोर्डले फिल्ममा धेरै हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिए । तर, बोर्डले भनेका दृश्य काट्दा फिल्मको मर्म मर्ने उनको भनाइ छ । ‘दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि आग्रह गर्दा पनि सेन्सरमा अस्वीकार गरियो,’ उनले गुनासो गरे ।

सेन्सरमा फिल्म रोकिएपछि बुधबारका लागि तय भएको प्रिमियर स्थगित गरिएको छ । सेन्सर बोर्डले भनेका दृश्यहरु काँटछाँट गरेर बिहीबार पुनः फिल्मको सेन्सर गर्ने तयारीमा निर्माण टिम छ । बिहीबार पनि बोर्डले जाँचपासको प्रमाणपत्र नदिएको अवस्थामा फिल्मको प्रदर्शन रोकिनेछ । सेन्सर पास नभएसम्म फिल्म प्रदर्शन गर्न नपाइने नियम छ ।

जुनिम गहतराज, सरिना मगर, अंकित खड्का, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे लगायतको अभिनय रहेको ‘ताण्डवम्’ले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पेस गरेको छ । एक्सन-थ्रिलर जनरामा बनेको फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ चर्चा पाइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x