‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

welcomeonboard GAUMAYA

फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले फिल्मका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।

‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माण पक्षले गुरुङ आफ्नो फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ ।

‘हाम्रो फिल्मका लागि कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,’ निर्माता विनोद पौडेलले भने, ‘अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।’

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।

फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्ममा सुशान्त गौतमको निर्देशन हुनेछ । यो उनको डेव्यु निर्देशकीय फिल्म हो ।

मुकेश खनालको लेखन रहेको फिल्मको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि फिल्म ‘बाटोः रोड टु डेथ’ निर्देशन गरेका थिए । फिल्ममा शरद महतोको डिओपी रहने छ ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x