रेखा थापा र पूजा शर्मा फेरि एउटै फिल्ममा

rekha pooja

फिल्म ‘उपहार’ पछि नायिका रेखा थापा र पूजा शर्मा नयाँ प्रोजेक्टमा सहकार्य गर्न लागेका छन्। निर्देशक सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्मको नाम पहिले ‘काली २’ रहने चर्चा चलेको थियो। तर, निर्माण टिमले फिल्मको नाम ‘३६ को आँकडा’ राख्ने निर्णय गरेको छ।

पारिवारिक तथा एक्सन जनरामा निर्माण हुने यस फिल्मका लागि दुई जना नायक अझै फाइनल हुन बाँकी छ। निर्माण टिमले आगामी वैशाखको अन्त्यतिर छायांकन सुरु गर्ने योजना बनाएको छ। यद्यपि, फिल्मको नामबारे निर्माण पक्षले अहिलेसम्म औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन।

निर्देशक सविर श्रेष्ठले ‘कसले चोर्यो मेरो मन’ बाट निर्देशन यात्रा थालेका थिए। एक्सन जनरामा सफल मानिएका उनले ‘काली’ र ‘तथास्तु’ जस्ता फिल्ममार्फत दर्शकको मन जितिसकेका छन्।

हाल ‘३६ को आँकडा’ को स्क्रिप्ट र संगीत तयारीको चरणमा रहेको छ। रेखा थापा र पूजा शर्मा पनि फिल्मलाई विशेष बनाउनका लागि सक्रिय रूपमा संलग्न रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x