Todays Date: २०८२ माघ १०

‘महाभोज’को गीत ‘मख्खै परेँ’मा कलाकारको कौडा नृत्य

Aryan Dayahang KhagendraAnjanaGaumayaMalika

गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले गायनमा साथ दिएकी छन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत कौडा नृत्य गर्दै देखिएका छन् भने आर्यन सिग्देल र सुरक्षा पन्तलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ । भिडियोको अन्त्यमा दयाहाङ र गौमायालाई छापामारको पोसाकमा देख्न सकिन्छ ।

‘प्रकाश’बाट राष्ट्रिय अवार्ड जितेका दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । निर्देशक राउतको यो आठौं फिल्म हो । उनको निर्देशित पछिल्लो फिल्म ‘पूजार सार्की’ सुपरहिट भएको थियो ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माण रहेको फिल्मका निर्माता हिमाल कडरिया हुन् । यसअघि उनले ‘नाङ्गो गाउँ’ र ‘दुःखी आत्मा’ निर्माण गरेका थिए । फिल्मको स्क्रिप्ट ‘पूजार सार्की’ र ‘प्रकाश’का लेखक विकास सुवेदीले लेखेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x