Todays Date: २०८२ बैशाख १३

सौगात, अनुपबिक्रम र गीताञ्जली स्टारर ‘जार’ ट्रेलर सार्वजनिक

487979974 1112149740926830 2144006535241192730 n

काठमाडौं । आगामी वैशाख २६ गतेबाट दर्शकमाझ आउने तयारीमा रहेको फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मको दुई मिनेटको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा जार संस्कृतिको कुरालाई उठान गरिएको छ । भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन छ ।

ट्रेलरमा अभिनेता अनुप विक्रम शाहीकी श्रीमती (गीताञ्जली थापा)सँग अभिनेता सौगात मल्लले भागेर विवाह गरेपछि समाज बसेर गरेको निर्णय देखाइएको छ । सँगै ट्रेलरमा सौगातलाई अनुपले खुकुरी लिएर जंगलमा खेदाएका दृश्य देख्न सकिन्छ ।

फिल्मका लेखक तथा निर्देशक फुर्वा छिरिङ लामाले ४ वर्षअघि नै निर्माण भएको फिल्म सन् १८ सय दशकको अन्त्यतिर नेपाली समाजमा भएका यथार्थ घटनामा आधारित रहेको बताए ।

फिल्ममा सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन छ । सिक्किममा छायांकन गरिएको फिल्म फेरी टेल पिक्चर्सको व्यानरमा निर्माण गरिएको हो ।
फिल्मको कार्यकारी निर्माताहरुमा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top