Todays Date: २०८२ बैशाख १३

वर्ष २०८१: नेपाली फिल्म उद्योगको व्यापारमा उत्साह र निराशा दुबै

Nepali Film 2081 e1744456643885

नेपाली फिल्म क्षेत्रका लागि वर्ष २०८१ समग्रमा उत्साहजनक रह्यो, यद्यपि यस वर्ष पनि अघिल्ला वर्षझैँ धेरै फिल्महरू बक्स अफिसमा असफल भए । वर्षभर ६२ वटा फिल्म रिलिज भए, जसमध्ये झन्डै ४० वटा फिल्म ‘क्लियर फ्लप’ सावित भए । तथापि, केही फिल्महरूले भने ठूलो व्यापार गर्दै नेपाली फिल्म उद्योगमा आशाको किरण देखाए ।

सबैभन्दा ठूलो व्यापार गर्ने फिल्म बनेको छ ‘पूर्णबहादुरको सारङ्गी’, जसले वर्षकै सर्वाधिक कमाइ गर्दै बक्स अफिसमा तहल्का मच्चायो । त्यसैगरी, ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’ र ‘पूजार सार्की’ जस्ता फिल्महरूले पनि दर्शकको मन जित्दै उत्कृष्ट व्यापार गरे । दुई अघिल्लो शुक्रबार रिलिज भएका ‘पिताम्बर’ र ‘कर्मा’ समेत राम्रो ओपनिङ लिँदै वर्षको सकारात्मक समापन गरेका छन् ।

तर, वर्षभर रिलिज भएका फिल्ममध्ये धेरैले भने दर्शक तान्न सकेनन् । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार, ‘शीरफूल’ वर्षको सबैभन्दा कम कमाइ गर्ने फिल्म बनेको छ, जसले जम्मा ८९ टिकट बिक्री गर्दै १८ हजार ५ सय रुपैयाँ मात्र कमायो । यस्तै, दोस्रो कमजोर फिल्म ‘ख्या वाला’ को कमाइ २७ हजार ६ सय, र तेस्रोमा रहेको ‘गाले वाना’ को कमाइ २१ हजार ६ सय रुपैयाँमा सीमित रह्यो । यी दुबै फिल्म आदिवासी समुदायका थिए, जसले अपेक्षाअनुसार व्यापार गर्न सकेनन् ।

‘एक्टर’, जसको नामकै कारण केही समय चर्चामा रह्यो, त्यही चर्चालाई व्यवसायमा रूपान्तरण गर्न असफल रह्यो । फिल्मले जम्मा ३३ हजार कमाउँदै फ्लपको सूचीमा नाम लेखायो । ‘आँखा’ ले पनि ९२ हजार ग्रस मात्र कमायो ।

चर्चित कलाकारहरूको फिल्मसमेत यस वर्षले राम्रो प्रदर्शन गर्न सकेनन् । अभिनेता दयाहाङ राई अभिनीत ‘राजागञ्ज’ ले १६ लाख ग्रस कमायो भने, ‘दुःखी आत्मा’ को कमाइ ७१ लाख मा सीमित रह्यो । त्यस्तै, सौगात मल्लको ‘बम बहादुर’ ले ५ लाख कमायो । स्टार पल शाह अभिनीत ‘मायावी’ को कमाइ पनि ७१ लाख मा अडियो । यी तथ्यांकले देखाउँछ कि स्टारडम मात्र फिल्म हिट गराउने ग्यारेन्टी रहन छाडेको छ ।

समग्रमा हेर्दा, २०८१ मा केही फिल्महरूले उल्लेखनीय सफलता हासिल गरे पनि ठूलो संख्यामा फिल्मले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन् । यो वर्षले नेपाली फिल्म उद्योगलाई कथा, प्रस्तुति र मार्केटिङमा अझै सुधारको खाँचो रहेको स्पष्ट सन्देश दिएको छ । आगामी वर्षमा गुणस्तर र सामग्रीमा ध्यान दिइएमा, नेपाली फिल्म उद्योगले अझ उत्साहजनक फड्को मार्ने आशा गर्न सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top