News

नीति शाहले गरिन् अदालती विवाह

image 13
image 13

नायिका निती शाहले एरोस्पेन्स इञ्जिनियर प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । जिल्ला अदालत काठमाडौंमा शुक्रबार उनले कोर्ट म्यारिज गरेकी हुन् ।

निती र याञ्चितले न्यायाधीश दिनबन्धु बरालको इजलासमा विवाह गरेका हुन् । यो जोडी दुई वर्ष बढी समयदेखि प्रेममा थिए । निती ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि विजेता पनि हुन् ।

उनले ‘खजुरे ब्रो’बाट फिल्मबाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनको अभिनय रहेर रिलिज भएको पछिल्लो फिल्म ‘ज्वाइँ साब’ हो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments