Todays Date: २०८२ जेष्ठ १०

निर्देशक दीपेन्द्र भन्छन्- आफ्नो जनरामा फर्किएको छु

image 14

फिल्म के घर के डेरा : घर नं २ जेठ २ गते रिलिज हुँदैछ। केही दिनअघि टिजर सार्वजनिक गरिसकेपछि निर्माण पक्षले फिल्मलाई सोही मितिमा प्रदर्शन गर्ने तयारी गरेको छ।

दीपेन्द्र के. खनालद्वारा निर्देशित यस फिल्मको विषयवस्तुले दर्शकमाझ चासो र कौतूहलता पैदा गरिरहेको छ। टिजर हेर्दा कतिपय दर्शकले यसले पशुपतिप्रसाद १ को झल्को दिएको प्रतिक्रिया जनाएका छन्।

दर्शकहरूमा ठूलो जिज्ञासा रहेको प्रश्न हो— के घर के डेरा : घर नं २ दुई वर्षअघि आएको फिल्म के घर के डेरा को सिक्वेल हो कि नयाँ कथा? टिजरले सिक्वेल भएको संकेत नदेखाए पनि फिल्मको शीर्षकले भने सिक्वेल जस्तो महसुस गराउँछ।

तर निर्देशक दीपेन्द्र के. खनालका अनुसार के घर के डेरा : घर नं २ सिक्वेल होइन।

“यो के घर के डेरा को सिक्वेल होइन,” उनी स्पष्ट पार्छन्, “घर र डेराको विषय फिल्ममा समेटिएको छ, तर कथा बिलकुल नयाँ हो। यो फिल्म नयाँ कथा लिएर आउँछ।”

पहिलो फिल्म के घर के डेरा जहाँ हास्यप्रधान थियो, यसपटकको घर नं २ सामाजिक कथावस्तुमा आधारित सोसल ड्रामा भएको निर्देशक खनाल बताउँछन्।
“यसमा मेरो ओर्जिनल फ्लेवर छ,” उनी भन्छन्, “म जुन शैलीमा सामाजिक फिल्म बनाउने सोच राख्दथेँ, यसले त्यो आत्मीयता बोकेको छ। यो फिल्ममार्फत म फेरि आफ्नै जनरामा फर्किएको छु।”

यस फिल्मको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन्। उनी उपन्यास कर्णाली ब्लुज, एक्लो र फिरफिरे का लेखक हुन्। तर यो उनको पहिलो पटक लेखिएको फिल्म स्क्रिप्ट हो।

फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसन को प्रस्तुतीमा निर्माण गरिएको हो। छायांकन कृष्णबहादुर थापाले गरेका हुन्। निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माता युवराज कार्की रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x