
कतारको दोहामा आयोजित ‘म्युजिकल हंगामा २०२५’ कार्यक्रममा नेपाली फिल्मका चर्चित अभिनेता अनमोल केसी र पल शाह पहिलो पटक एउटै फ्रेममा देखिएका छन् । सम्भवतः पहिलो पटक सार्वजनिक रुपमा सँगै देखिएका यी दुई कलाकारको भेटघाटले मिडियामा विशेष चर्चा पाएको छ ।
कार्यक्रममा सहभागी हुन अनमोल र पल दुवै दोहा पुगेका थिए । एयरपोर्टदेखि कार्यक्रमस्थलसम्म उनीहरूबीच देखिएको हार्दिकता र आत्मीयताले सम्भावित सहकार्यको संकेत गरेको स्रोतहरू बताउँछन् ।
कार्यक्रमको स्टेजमा पलले आफ्नो प्रस्तुति सकेपछि अनमोलले स्टेज पछाडि पुगेर उनलाई बधाई दिएका थि ए। अनमोल मञ्चअघि बसेर पलको नृत्य प्रस्तुति नियालिरहेका थिए । कार्यक्रममा सहभागी दर्शकले अनमोल र पलसँग फोटो खिचाउने मात्र होइन, उनीहरूलाई एउटै फ्रेममा देखिएको तस्वीर सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरे ।
सो कार्यक्रममा पल शाहले नृत्य प्रस्तुति दिएका थिए भने अनमोल केसीले फ्यानहरूसँग ‘मीट एन्ड ग्रीट’ सत्रमार्फत संवाद गरेका थिए ।