उषा अनुबन्धसँगै ‘महाराजधिराज’को कलाकार लाइनअप पुरा

Usha Rajak

निर्देशक परिच्छेद सेनको आगामी फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ।

सोमबार निर्माण टिमले रजकलाई फिल्मको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो। यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का अनुबन्धित भइसकेका छन्। अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन्। फिल्ममा यसअघि नै जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन्।

प्रस्तुतकर्ता विराज बिष्टका अनुसार उषा रजकको अनुबन्धसँगै प्रमुख कलाकारहरूको लाइनअप अन्तिम भएको हो। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

फिल्मका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् । फिल्म आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x