‘सिटामोल’का तीन नयाँ पोस्टरमा के छ ?

image 4

‘बुलाकी’बाट लेखनमा राष्ट्रिय अवार्ड जितेका राज बहादुर सानेको निर्देशनमा तयार भएको फिल्म ‘सिटामोल’को तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरले चरित्रचित्रण, पात्रको गेटअप, अवस्था र मुड दर्शाउँदै कथाको सेटिङबारे जानकारी दिन्छ । द्वन्द्वकालीन समयको ग्रामीण परिवेशको कथामा फिल्म आधारित रहेको पोस्टरबाट बुझ्न सकिन्छ ।

एक पोस्टरमा अभिनेता सौगात मल्ल र करण नेपाली (बाल कलाकार) भावुक देखिएका छन् । अभिनेत्री बेनिशा हमाल टोलाएको भावमा चित्रित छिन् । दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ-आफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् । यसमा कोही खुसी त कोही क्रुद्ध र पीडा भावमा देखिन्छन् ।

तेस्रो पोस्टरमा सौगातलाई मात्रै प्रस्तुत गरिएको छ । उनी बैशाखीको सहारामा कतै हिँडिरहेको देखिन्छ । यसबाट फिल्ममा उनी अपाङ्गता भएको पात्रको भूमिकामा रहेको प्रष्ट हुन्छ । ‘सिटामोल’मा उनको श्रीमतीको भूमिकामा बेनिशाले अभिनय गरेकी छन् । यसअघि उनीहरुले ‘झ्यानाकुटी’मा सहकार्य गरेका थिए ।

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, आराध्या राज्यलक्ष्मी डिसी (बाल कलाकार) लगायतको अभिनय छ । प्रदीप भारद्वाज र निर्देशक सानेको संयुक्त रुपमा फिल्मको स्क्रिप्ट लेखेका हुन् ।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिलममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । यसमा दिव्यराज सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन तथा देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x