Todays Date: २०८३ बैशाख ९

बल्छी धुर्बेको ‘गोबर गणेश’मा को-को छन् कलाकार ?

gobar ganesh

टेलिसिरियलमा पाएको सफलताबाट हौसिएर श्रृंखलाबद्ध रुपमा हास्य कलाकारहरु फिल्म निर्माणमा होमिरहेका छन् । महजोडी, दीपकराज गिरी, शिवहरी पौडेल, कुमार कट्टेल जस्ता कलाकारले फिल्म निर्माण गरिसकेको अवस्थामा अब अर्का कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) पनि फिल्म निर्माणमा होमिएका छन् । उनले आफ्नो निर्देशन ‘गोबर गणेश’ बनाउन लागेका हुन् ।

मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै मरिचमानले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । यसअघि फागुन १ गते आउने भनिएको यो फिल्म अब एक महिनाअघि अर्थात् माघे संक्रान्तिको दिन पारेर माघ १ गतेबाट प्रदर्शनमा आउनेछ । बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु हुने जनाइएको छ । फिल्म कमेडी कथावस्तुमा बन्नेछ ।

‘गोबर गणेश’मा मुख्य कलाकारको ‘लाइनअप’ तयार भइसकेको छ । यो फिल्ममा वर्षा सिवाकोटी, पदम तामाङ, सन्तोष बानियाँ, माओत्से गुरुङ, पुजन घिमिरे पुकु, सीतादेवी तिमल्सेनाको अभिनय रहनेछ । सीतादेवी चर्चित हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् । पुजन भने ‘हल्का रमाइलो’ नामक सिरियलकी कलाकार हुन् । थप कलाकार केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।

निर्देशक श्रेष्ठले दर्शक हँसाउनका लागि ‘गोबर गणेश’ बनाउन लागेको बताएका छन् । फिल्ममा उनको अभिनय रहने छ वा छैन भन्नेबारे भने जानकारी गराइएको छैन । कुनै समयको चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा बल्छी धुर्बेको भूमिकामा अभिनय गरेपछि चर्चामा आएका उनी अहिले ‘हल्का रमाइलो’ सिरियलमा आबद्ध छन् । यसमा उनको अभिनयसँगै निर्देशन पनि रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x