माओत्सेको ‘पेन्सनपट्टा’मा दयाहाङ अनुबन्धित

daya 1 e1720488758483

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय फिल्म ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।

दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट फिल्म दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् । कार्तिक तेस्रो साताबाट फ्लो्रमा जाने फिल्मको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङ बाहेक फिल्ममा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए । फिल्मको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुशन प्रजापनिले खिच्ने फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।

निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो फिल्म बक्सअफिसमा हिट भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन् । उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x