Todays Date: २०८३ बैशाख २२

केदार र वर्षा फिचर्ड ‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ गीत सार्वजनिक

image 5

भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मीठो जोवन’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतको अडियोमा रचना रिमाल र सविन सुवेदीको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । गीतको अडियो कर्णप्रिय छ ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरू केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र नायिका वर्षा सिवाकोटीको नृत्य हेर्न सकिन्छ ।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा आरम्भ प्रोडक्सनको लगानी छ । मुनाल घिमिरेको प्रस्तुतिमा तयार भएको फिल्ममा मधुसूदन शर्माको लगानी, सामिप्यराज तिमिल्सिनाको लेखन, नरेन्द्र मैनालीको डीओपी, मित्र डी गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

यो फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शरदा गिरी, राधिका कँडेल, मिस पबी लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत, कविराज गहतराज र गम्भीर विष्टको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । आरआर फिल्मस्ले यो फिल्मको वितरण गर्दैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x