Todays Date: २०८३ जेष्ठ ३१

‘पाँडे’को निर्देशनमा फिल्म ‘झरी पछिको इन्द्रेणी’ बन्ने, निर्मातामा रियाशा र गीतमा बालेन

523781160 1408025710426113 8529490693265608704 n

हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ अब फिल्मको निर्देशक बन्ने भएका छन् । उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘झरीपछिको इन्द्रेणी’ राखिएको छ । यो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भएको छ ।

यो फिल्ममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत रहने चर्चा समेत छ । तर, आधिकारिक रुपमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन ।

अर्जुनले ‘सक्किगोनी’ निर्देशन गरेका थिए । यसपछि, उनी फिल्म ‘लाज शरणम्’को टिमसँग जोडिएका पनि थिए । अर्जुन जेपिटी क्रियशनका प्रमुख समेत रहेका छन् ।

यो फिल्मलाई सुशील कडरियाले निर्माण गर्नेछन् । रियासा दाहाल फिल्मकी निर्माता हुनेछिन् ।

कुमार ब्यञ्जनकारको लेखन रहने फिल्मको हाल स्क्रिप्टमा काम भइरहेको छ । कलाकारहरूको बारेमा केही पनि बताइएको छैन । यो फिल्मलाई पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x