Todays Date: २०८३ जेष्ठ १८

‘ट्रान्सवुमन’ भूमिकाबाट दर्शकको हृदयस्पर्श गरिरहेका नाजिर

IMG 8579

आगामी भदौ १३ गते रिलिज हुने फिल्म ‘गुन्यु चोलोः द ड्रेस’को सार्वजनिक गीत ‘म फूल हुँ कि काँडा’लाई दर्शकले मनपराइरहेका छन् । दर्शकले गीतका प्रमुख पात्र नाजिर हुसेनको नृत्यलाई निककै मनपराएका छन् ।

उनलाई काम देखाउने फिल्म आवश्यक रहेको प्रतिक्रिया युट्युबमा आइरहेको छ । ‘नाजिर तिमी एक महान बहुमुखी अभिनेता हौ,’ विजय थापा लेख्छन्, ‘उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनु । तिमी एक महान अभिनेता बन्नेछौ । एउटा मात्र कुरा विवादहरूबाट सावधान रहनु । मेरो शुभकामना ।’

नाजिरले यसमा तेस्रोलिंगी महिलाको भूमिका निर्वाह गरेका छन् । गीत र नाजिरको भिन्न क्यारेक्टरमा अभिनय मन परेपछि दर्शकले फिल्मलाई सफलताको शुभकामना पनि दिइरहेका छन् ।

रिसभ आले लेख्छन्, ‘साँच्चै भन्नु पर्दा मैले पुरै भिडियोमा नाजिरलाई चिन्न सकिन । दोस्रो पटक हेरेपछि मैले उसलाई चिनेको थिएँ । नाजिरलाई तपाईंको अभिनय र अभिनयको लागि सलाम ।’

लेखु सहयात्रीको शब्द रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ । समुन्द्र भट्टको निर्देशन रहेको फिल्म लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x