Todays Date: २०८३ जेष्ठ १८

‘सिटामोल’को ट्रेलरलाई कस्तो छ दर्शक प्रतिक्रिया ?

sitamol

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को ट्रेलरलाई दर्शकले निकै मनपराएका छन् । सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक बाल कलाकार करण नेपालीको अभिनय झल्किने यो ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

ट्रेलरको सुरुवातमै दर्शकले गाउँको परिवेश, पुराना मूल्य(मान्यता र आधुनिक यथार्थबीचको टकराव देख्न पाउँछन् । सौगात मल्लको पात्र एक संवेदनशील तर विद्रोही स्वभावको व्यक्ति देखिन्छ । जसले आफ्नो परिवार र समाजबीच सन्तुलन खोजिरहेको छ । बेनिशा हमालले एक आत्मविश्वासी महिलाको भूमिकामा गहिरो प्रभाव पार्छिन् ।

सामाजिक मुद्दा उठान गरेको फिल्मको ट्रेलरले स्वास्थ्य, गरिबी, महिला सशक्तीकरण, अनि सामाजिक विभाजनजस्ता मुद्दाहरूलाई गम्भीर तर भावनात्मक शैलीमा उठाएको छ।

यो समाचार पार्दै गर्दा फिल्मको ट्रेलरलाई तीन लाख ७६ हजार बढि दर्शकले हेरेका छन् । अधिकांश दर्शकले सौगात मल्ल र बेनिशा हमालको अभिनयका साथै गम्भीर सामाजिक सन्देश तथा भावनात्मक सम्वाद र सशक्त व्याकग्राउण्ड म्युजिकले मन जितेको प्रतिक्रिया दिएका छन् ।

राजबहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x