Todays Date: २०८३ जेष्ठ १८

‘मितज्यू’मा दयापछि सौगातको प्रवेश, बलियो बन्दै लाइनअप

saugat malla dayahang rai home

अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको सुपरहिट जोडीलाई एकपटक फेरि फिल्ममा हेर्न पाइने भएको छ । नयाँ फिल्म ‘मितज्यू’मा उनीहरुले सहकार्य गर्न लागेका हुन् । निर्माताले शुक्रबार एक पोस्टमार्फत फिल्ममा सौगात अनुबन्ध भएको जानकारी गराए । दयाहाङ भने केही महिनाअघि नै फिल्ममा अनुबन्ध भइसकेका छन् ।

आदिवासी जनजाति समुदायमा प्रचलित मितेरी साइनोको कथामा बन्न लागेको फिल्ममा दयाहाङ र सौगात मितको भूमिकामा हुने जनाइएको छ । उनीहरुको पुनर्मिलनले फिल्मप्रति दर्शकमा उत्साह बढ्ने अपेक्षा गरिएको छ । फिल्ममा डान्सर तेरिया मगर र स्मिता लामिछानेको पनि अभिनय रहनेछ । तेरियाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्ममा महेश राईको स्क्रिप्ट लेखन रहेको छ भने जनक घर्ती मगर निर्मातामा छन् । अनिल र जनकले यसअघि फिल्म ‘घरज्वाइँ’मा पहिलो पटक सहकार्य गरेका थिए, जुन व्यावसायिक रुपमा सफल भएको थियो । यसमा दयाहाङ नै मुख्य भूमिकामा थिए ।

जि.एम. मुभिज प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो फिल्मको छायांकन मंसिरदेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा गरिने जनाइएको छ । शिशिर बिशङ्खेको छायांकन रहने फिल्मको प्रदर्शन मिति यसै वर्षको चैत २७ गतेलाई तय भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x