सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथामा ‘मोहर’को ट्रेलर

1749544805 paul shah mohar

फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारिएको छ । देउकी कुप्रथा (मन्दिरमा कन्या केटी चढाउने प्रचलन)लाई मियो बनाएर फिल्मले प्रेमकथा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

गाउँका एक सम्भ्रान्त व्यक्तिले बेनिशा हमालकी सानी छोरीलाई देउकी चढाउन खोजेपछि मोहर (जुन बिना देउकी चढ्दैन) र छोरी लिएर भागेकी बेनिशालाई खोज्न गरिएको संघर्षमा ट्रेलर केन्द्रित छ । प्रेम, धोका, घृणा, मिलन, द्वन्द्व जस्ता पक्ष समेटिएको ट्रेलरमा अभिनेता पल शाह रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत छन् । उनको बेनिशा र नीति शाहसँग प्रेम देखिन्छ ।

जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मोहर’लाई ओम प्रतिकको लेखन तथा निर्देशन गरेका हुन् । नलेखिएको कानुनको कथामा आधारित भनिएको फिल्ममा पल, बेनिशा र नीतिसहित अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ ।

चुम्बन जंग शाहीको लगानीमा बनेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, दिपेन बस्न्यातको छायांकन, रेनिश फागोको रंग संयोजन, साहिल खानको ट्रेलर सम्पादन तथा सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत रहेको छ । केही हप्ताअघि सार्वजनिक गरिएको फिल्ममा समावेश ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बोलको गीत अहिले चर्चामा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x