५६ दिनमा सकियो सुशील र अञ्जनाको ‘परिवर्तन’को छायांकन

IMG 2376

नेपालको सीमा सुरक्षा र गरिब-दुःखी जनताको पीडालाई कथानक बनाएर निर्माण भएको फिल्म ‘परिवर्तन’को छायांकन झन्डै दुई महिनामा सकिएको छ । निर्माता दीपक सिवाकोटीले ५६ दिनमा फिल्मको दुई गीतसहित अन्य दृश्यहरूको छायांकन सोमबार सकिएको जानकारी दिए । उनका अनुसार एक राष्ट्रिय गीत र एक लोकगीत भने अझै खिच्न बाँकी छ ।

विजय केरुङको निर्देशनमा तयार भएको ‘परिवर्तन’को छायाङ्कन झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकासहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो ।

फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा छन् । छायांकन सकिएसँगै निर्माण पक्षले उपलब्ध गराएको दुई तस्वीरमा सुशीललाई एक्सन मुडमा देख्न सकिन्छ । एउटामा उनी पानीमा रुझ्दै कसैसँग लडिरहेका छन् भने अर्कोमा बन्दुक ताकेको अवस्थामा प्रस्तुत छन् । फिल्ममा सुशीलका एक्सन दृश्यहरु अत्यधिक मात्रामा रहेको जनाइएको छ ।

दीपक सिवाकोटीको निर्माणमा बनेको फिल्ममा सुशील र अञ्जनासहित करिश्मा मानन्धर, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेल लगायतको अभिनय रहेको छ ।

निर्माता सिवाकोटीले फिल्मको मूल कथा लेखेका हुन् भने यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन् । फिल्ममा छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन बन्दे प्रसादले र द्वन्द्व निर्देशन श्री श्रेष्ठलेले गरेका छन् । फिल्मलाई यसै वर्ष प्रदर्शनमा ल्याउने योजनामा निर्माण पक्ष छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x