Todays Date: २०८३ जेष्ठ ११

‘जारी २’ टिजर : ‘च्याब्रुङ मासियो भने लिम्बू मासिन्छन्’

image 11

असोज ३ गते रिलिज हुने फिल्म ‘जारी–२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ।

च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ।

टिजर मूलतः च्याब्रुङ बजाउन नआउने नाम्साङ (दयाहाङ राई)को वरिपरि घुमेको छ । टिजरले फिल्मको कथा लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित रहेको जानकारी दिन्छ ।

च्याब्रुङमा नाच्न नआउने लिम्बूलाई ‘नाङ्गो पहाड’सँग तुलना गर्ने संवादबाट सुरु भएको ट्रेलरले च्याब्रुङलाई लिम्बूको खुसीको स्वरको रुपमा व्याख्या गर्दै च्याब्रुङ मासिए लिम्बूहरु नै मासिने सन्देश दिइएको छ । लिम्बू संस्कृति, पारिवारिक कलह र भावनात्मक उतारचढावको कथा पनि टिजरमा छ । 

टिजरले फिल्म आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ। उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्म रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म २०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वेल हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x