अन्तिम चरणमा ‘मैझारो’को छायांकन, पूर्वी पहाडका सुन्दर दृश्य पर्दामा आउने

maijharo 7

साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भैरहेको यो फिल्म पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ।

फिल्मको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईका अनुसार दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन्। फिल्मको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्।

माैलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई,झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x